

मलेसियामा कामदारको तलबमा न्यूनतम १७०० रिङ्गेटले बृद्वि

काठमाडौं । मलेसियाको सरकारले कामदारको न्यूनतम तलब बढाएको छ । सन् २०२५ को बजेट भाषणमा सरकारले कामदारको तलब प्रतिमहिना १५०० बाट बढाएर १७०० मलेसियन रिङ्गेट पुर्याउने घोषणा गरेको हो ।
प्रधानमन्त्री दातुक सेरी अनवार इब्राहिमले पाँचभन्दा कम कामदार भएका रोजगारदाताहरुका लागि नयाँ न्यूनतम तलब आगामी १ अगस्ट २०२५ देखि लागू हुने उल्लेख गरेका छन् । नयाँ तलब कार्यान्वयन हुनुअघि त्यहाँको मान संशाधन मन्त्रालयले सबै क्षेत्रका लागि तलब निर्देशिका तयार गरी प्रकाशित गर्नेछ । त्यसैले नयाँ तलब कार्यान्वयनमा केही ढिला हुने भएको हो ।
मलेसियामा १९ मार्च २०२२ यता न्यूनतम तलब १५०० रिङ्गेट थियो । तर, उद्योग र उत्पादन प्राविधिकको सुरुआति तलब भने यसअघि नै करिब २३०० रिङ्गेट छ ।

