धनगढी उपमहानगरपालिकाद्वारा शव चिस्यान सेवा उपलब्ध
काठमाडौं । धनगढी उपमहानगरपालिकाले कैलाली र कञ्चनपुरका थप चार स्थानीय तहलाई शव चिस्यान सेवा उपलब्ध गराउने भएको छ ।
उपमहानगरपालिकाले कैलालीको गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिका, कञ्चनपुरको पनर्वास र कृष्णपुर नगरपालिकालाई निःशुल्क शव चिस्यान सेवा दिने भएको हो ।
उपमहानगरपालिकाले चार वटै स्थानीय तहमा २०८२ को असार मसान्तसम्म शव चिस्यान सेवा दिने गरी सम्झौता गरेको छ ।