टीआरसी : सर्च कमिटीलाई पूर्णता दिन सहमत
काठमाडौं । सत्य निरुपण र वेपत्ता आयोगका पदाधिकारी सिफारिसका लागि गठित सर्च कमिटीलाई पूर्णता दिन प्रमुख तीन दल सहमत भएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार बसेको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनबारे छलफल भएको छ । संसदले टीआरसी विधेयक संशोधन भइसकेपनि दुबै आयोग पदाधिकारीबिहीन छन् ।
तीन दलका शीर्ष नेताहरुबीच सर्च कमिटीलाई पूर्णता दिने सहमति भएको छ । ‘अब सरकारले आयोगले सदस्य पठाउन आग्रह गर्छ’, छलफलमा सहभागी माओवादी उपमहासचिव शक्ति बस्नेतले भने ।
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति समेत गठन भएको थियो । तर राष्ट्रिय मानवअधिकार आयोगले सदस्य नपठाएपछि सिफारिस समिति सर्च कमिटीले पूर्णता पाउन सकेको थिएन ।