

नेपालसहित शान्ति सैनिक पठाउने ३४ वटा देशद्वारा लेबनानमा आक्रमणको विरोध

काठमाडौं । संयुक्त राष्ट्रसंघको लेबनानस्थित मिसन (यूनिफिल)मा खटिएका शान्ति सैनिकमाथि भएको आक्रमणको नेपाल सहित ३४ वटा देशले कडा शब्दामा विरोध गरेको छ ।
संयुक्त विज्ञप्ति जारी गर्दै नेपालसहित ३४ वटा देशले यस्ता कार्य तुरुन्त रोकिनु पर्ने र उचित छानबिनको माग सहित शान्ति मिसनलाई पूर्णसमर्थन गर्ने र यसको उद्देश्य दक्षिण लेबनान र मध्य पूर्वमा स्थायित्व र दिगो शान्ति ल्याउनु रहेकोले शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा गरेका हुन् ।
संयुक्त विज्ञप्ति जारी गर्ने देशमा नेपाल, आर्मेनिया, अस्ट्रिया, बंगलादेश, ब्राजिल, कम्बोडिया, चीन, साइप्रस, एल साल्भाडोर, इस्टोनिया, फिजी, फिनल्याण्ड, फ्रान्स, घाना, ग्वाटेमाला, हंगेरी, इन्डोनेसिया, आयरल्यान्ड, इटाली, काजाकिस्तान, दक्षिण कोरिया, लाटभिया, मलेसिया, माल्टा, मंगोलिया, नेदरल्यान्ड, पोल्यान्ड, कतार, सियरा लियोन, स्पेन, श्रीलंका, टर्किए, बेलायत, उत्तरी आयरल्यान्ड र तान्जानिया छन् ।

