सिकरेटारमा दशैंअघि सडक मर्मत
भोजपुर ।भोजपुर जिल्लाको पर्वो अरुण गाउँपालिका वडा नं ७ सिकरेटारमा गत असोज ११ र १२ गतेको अविरल बर्षाका कारण केही बाटोहरू पूर्ण र केही आंशिकरूपमा बन्द अवस्थामा थिए।
यसले गर्दा स्थानीय नागरिकहरूको आवतजावतमा गम्भीर असर परेको थियो । यस अवस्थालाई ध्यानमा राख्दै, वडा कार्यालयले स्थानीय बासिन्दालाई सहजता प्रदान गर्न सडक मर्मतसम्भार कार्य सुरु गरेको छ। वडा अध्यक्ष कुमार थापाले जानकारी दिँदै भने, “हामी ४ दिनदेखि निरन्तरको जेसीबीको सहयोगमा बन्द भएका बाटोहरूलाई खुलाउने कार्य गरिरहेका छौं”।
साथै, उनले भने, वाढी र पहिरोले क्षतिग्रस्त भएका गाउँका साना बाटोहरू पनि मर्मत गरिनेछ।”यसले स्थानीय बासिन्दाहरूलाई दशैंको समयमा यात्रा गर्नमा ठूलो राहत दिने विश्वास गरिएको छ”।
सडक मर्मत कार्य जारी रहँदा, स्थानीय बासिन्दाहरूले यो चाडपर्वको समयमा सजिलै घर जान पाउने अपेक्षा राखेका छन्।