सरकारले आज देखि ३ दिन राष्ट्रिय शोक घोषणा
काठमाडौं । सरकारले बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दुस्ख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मंगलबारदेखि ३ दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय शोकको समयमा सरकारी कार्यालयहरुको झण्डा आधा झुकाइनेछ तर सार्वजनिक बिदा हुने छैन ।
प्रधानमन्त्री ओली सोमबार मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले दैवीप्रकोप राहत कोषमा सरकारले १ अर्ब रुपैयाँ दिने निर्णय गरेको छ । उक्त कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब दिनेछन् ।