

कुपण्डोलमा बीच सडक भासिंदा पानी निस्कियो, सवारी चालक र व्यापारी समस्यामा

काठमाडौं । ललितपुरको कुपण्डोलस्थित हिमालय होटल अगाडिको सडक फुटेको छ ।
कुपण्डोलबाट पुल्चोतर्फ जाँदा होटल हिमालय अगाडिको सडक शनिबार दिउँसो फुटेर पानी निस्केको प्रहरीले जनाएको हो । सडकबाट पानी निस्कदा सवारी चालक र सडक छेउका व्यापारीहरु समेत समस्यामा परेका छन् । उक्त पानी ढल फुटेर हो की मेलम्ची आयोजनाको पाइप फुटेर सडकमा निस्केको हो भन्ने बारेमा एकिन भइनसकेको प्रहरीले बताएको छ ।
सडकबाट पानी निस्किएका कारण सडक नै भासिएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा सडक भासिंने एउटा रोग नै जस्तो देखिएको छ । केही महिना अघि मात्रै नयाँ बानेश्वर, कमलादी र काठमाडौं महानगरपालिकाको गेट अगाडिकोबीच सडक समेत भासिंएको थियो । यसरी पटक पटक सडक भासिंने र फुट्ने प्रवृत्ति निरन्तर रुपमा जारी रहेको छ । तर सम्बन्ति निकायले भने यस विषयमा चासो नै देखाएको छैन । सडक निर्माण गर्दा राम्रोसँंग ध्यान नदिएका कारण आज सडक भासिंने र फुट्ने समस्या उत्पन्न देखापरेको हो ।
यस विषयमा समयमा नै सरकारले ध्यान केन्द्रित गर्न जरुरी दखिन्छ ।

