

महालक्ष्मी माध्यमिक विद्यालयले विभिन्न कार्यक्रम गरी राष्ट्रिय बाल दिवस मनायो

ललितपुर। श्री महालक्ष्मी माध्यमिक विद्यालयले शुक्रबार राष्ट्रिय बाल दिवसको पुर्व सन्ध्यामा विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक मणिराज राईले बालबालिकाका लागि राज्यले दिएको अधिकारमा थप गरी पढ्ने, सिक्ने, खेल्ने र खाने लगायतका कुराको सुनिश्चतता गरेको बताउनुभएको हो । साथै उहाँले बालबालिकाका लागि राज्वयले निर्धारण गरेको अधिकारको बारेमा समेत जानकारी गराएको बताउनुभयो । उहाँले यो कार्यक्रम गर्नुको मुख्य उदेश्य नै बालबालिकालाई उनीहरुको अधिकारको बारेका सचेत गर्न र हौसला प्रदान गर्नका भएको बताउनुभएको छ । आगामी दिनमा विद्यालयमा अध्ययनरत बालबालिकाका लागि राज्यले दिएको अधिकारको सुनिश्चित गर्दै अगाडि बढ्ने उहाँको दावी छ ।
त्यस्तै, विद्यालयकी सह प्रधानाध्यापक अम्बिका राइले विगको तुलनामा विद्यालयको भौतिक संरचना अहिले राम्रो भएको बताउननुभएको छ । विद्यालयमा भएका समस्याको समाधान गर्नका लागि पनि स्लथानीय सरकारलाई कुरा राख्न सहज भएको समेत उहाँको भनाइ थियो । त्यसैगरी कायक्रममा प्रमुख अतिथिको रुपमा राजनीतिक विश्लेषक प्राध्यापक डा सुरेन्द्र केसी हुनुहुन्थ्यो ।

