

हेर्ने कथाका प्रकाशको बालुवाटारमा ईन्ट्री !

काठमाडौं। ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’मार्फत चर्चामा आएका प्रकाश तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार साँझ प्रकाशसँग भेटवार्ता भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् । नेपाली नागरिकता पाएलगत्तै काठमाडौं आएका प्रकाशले बालुवाटार पुगेर ओलीलाई भेटेका हुन् । भेटमा प्रकाशले प्रधानमन्त्रीलाई आफ्नो नागरिकता समेत देखाएका थिए ।
प्रकाशसँगको भेटपछि प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन्, ‘प्रकाश तामाङ नागरिकता बनाएर आज साँझ भेट्न आउनुभयो । नागरिकता बनेपछि उहाँलाई अरु कुरामा पनि सहज हुन्छ। खुसी लाग्यो।’ करिब ३५ वर्ष अगाडी बाल्यकालमा नै काठमाडौंको जोरपाटीबाट हराएका प्रकाशकाे ‘हेर्ने कथा’मार्फत भोजपुरमा रहेका परिवारसँग भेट भएकाे थियाे । उनलाई हेर्ने कथाकाे टाेलीले गोरखाको चुमभ्यालीमा भेटाएको थियो ।
<iframe src=”https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2FUMLprezKPSharmaOli%2Fposts%2F1064512858367748&show_text=true&width=500″ width=”500″ height=”463″ style=”border:none;overflow:hidden” scrolling=”no” frameborder=”0″ allowfullscreen=”true” allow=”autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share”></iframe>

