

थाइल्यान्डमा ३७ वर्षीया पेतोङत्रान सिनावात्रा बनिन् प्रधानमन्त्री

काठमाडौँथाइल्यान्डमा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी पेतोङत्रान सिनावात्रा प्रधानमन्त्री बनेकी छन्। ३७ वर्षीया पेतोङत्रानलाई थाइल्यान्डको संसद्ले प्रधानमन्त्री पदमा निर्वाचित गरेको हो।
उनी थाइल्यान्डको इतिहासमा सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी छन्। यस्तै प्रधानमन्त्री पद सम्हाल्ने उनी देशकै दोस्रो महिला पनि बनेकी छन्।
आन्टी यिङलक थाइल्यान्डको प्रधानमन्त्री बन्ने देशको पहिलो महिला थिइन्। संवैधानिक अदालतले पूर्वप्रधानमन्त्री श्रीता ताविसिनलाई बर्खास्त गरेको दुई दिनपछि पेतोङत्रान सिनावात्रा प्रधानमन्त्रीमा निर्वाचित भएकी हुन्।
नवनिर्वाचित पेतोङत्रान र पूर्वप्रधानमन्त्री श्रीथा ताविसिन दुवै फेउ थाई पार्टीका हुन्। सिनावात्राको परिवारका चार सदस्य यसअघि थाइल्यान्डको प्रधानमन्त्री भइसकेका छन्।

