अख्तियारले काट्यो ललितपुरका मेयर चिरिबाबुलाई पत्र
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई पत्र काटेको छ ।
बाढीपहिरो पीडितका नाममा महानगरला हानी हुने गरी रकम बाँडेको उजुरी परेपछि सोधपुछका लागि बोलाइएको अख्तियारी जनाएको छ ।
मेयर महर्जनविरुद्ध उनको अघिल्लो कार्यकालमै बाढीपहिरो पीडितका नाममा निर्णयविपरीत रकम बाँडेको भन्दै अख्तियारमा उजुरी परेको छ ।
उजुरीमा २०७७ सालमा धापाखेलमा बाढीपहिरो पीडितलाई साढे एक लाख र साढे दुई लाखका दरले कार्यपालिकाको निर्णयविपरीत रकम बाँडेको आरोप छ ।
बुधबारमात्रै ललितपुर महानगरपालिकाले मन्दिरको जग्गा मिचेको भन्दै अख्तियारकी आयुक्त डा. अमात्यको घरको पर्खालमा डोजर चलाएको थियो ।