सत्ता समीकरण फेरबदलको चर्चाबारे गृहमन्त्री– हल्ला मात्रै हो, मलाई थाहा छैन (भिडिओ)
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सत्ता समीकरण फेरबदल हल्ला मात्रै भएको बताएका छन् ।
सोमबार नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले सत्ता समीकरण फेरबदल हुन लागेको आफूलाई कुनै जानकारी नभएको बताएका हुन् ।
‘हल्ला मात्रै हो । त्यस्तो थाहा छैन । म पनि सरकारमै छु । गठबन्धनको एउटा पार्टनर नै हुँ । त्यस्तो केही पनि छैन’ उनले भने, ‘मेरो भर्खरै दुई जना नेतासँग कुरा पनि भयो । कहिलेकाहीं केही असमझदारी हुँदाखेरी भेटघाट गर्ने कुरा भइरहन्छ ।
सामान्य भेटघाट नै हो । यसलाई त्यस्तो गम्भीरतापूर्वक लिनुपर्ने केही पनि छैन ।’