टी-२० मैत्रीपूर्ण क्रिकेट: नेपालले लियो हङकङको पहिलो विकेट
मैत्रीपूर्ण टी-२० क्रिकेटमा नेपालले हङकङको पहिलो विकेट लिएको छ।
हङकङमा जारी खेलको तेस्रो ओभरमा नेपालका आरिफ शेखले निजाकत खानलाई आउट गरेका हुन्। निजाकत खान शून्य रनमा आउट भएका हुन्।
नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ। हङकङले तेस्रो ओभरमा एक विकेट गुमाएर २३ रन बनाएको छ।
यस खेलमा नेपालका तर्फबाट आकाश चन्दले डेब्यु गरेका छन्।
त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली बिहीबार हङकङ गएको थियो।
नेपाल, हङकङ र पपुवा न्युगिनीबीच आइतबारदेखि त्रिकोणात्मक टी-२० आई सिरिज सुरू हुँदैछ।
त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेलिरहेको हो।
त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल आइतबार हङकङसँग खेल्ने छ।
यस्तै नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ। फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुनेछ।
नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन्।