आगामी ६ महिनामा १०० वटा स्याटेलाइट पृथ्वीमा खसाल्दै एलन मस्क, जलवायुमा के असर पर्ला ?
अर्बपति एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेस एक्सले सयौं स्याटेलाइटहरु अन्तरिक्षमा प्रक्षेपण गरिसकेको छ ।
स्पेस एक्सका कारण अन्तरिक्षमा बिग्रिएका रकेट तथा स्याटेलाइटहरुको फोहोर बढ्दै गएकोर चुलिंदो अन्तरिक्ष फोहोरले दुर्घटनाको जोखिम बढाएको वैज्ञानिकहरुको भनाइ छ ।
यसैबीच स्पेस एक्सका मालिक एलन मस्कले आफ्ना १०० वटा स्टारलिंक स्याटेलाइटहरु आगामी ६ महिनाभित्रमा पृथ्वीमा खसाल्ने घोषणा गरेका छन् । ती स्याटेलाइटको डिजाइनमा गडबडी भएको र तिनीहरु असफल भएर अन्य स्याटेलाइट वा अन्तरिक्षयानसँग ठक्कर खाएर क्षति पुर्याउने जोखिम बढेको निष्कर्ष निकाल्दै स्पेस एक्स ती स्याटेलाइटलाई पृथ्वीको कक्षबाट निकालेर अर्थात् डि अर्बिट गराएर खसाल्ने निर्णय गरेको हो ।
डि अर्बिटको अर्थ स्याटेलाइटलाई कक्षबाट निकालेर पृथ्वीमा ल्याउनु भन्ने हुन्छ । यस क्रममा स्याटेलाइटले वायुमण्डल पार गर्नेछ । त्यसक्रममा वायुमण्डलीय घर्षणका कारण स्याटेलाइटका टुक्राहरु दहन भएर नष्ट हुन्छन् ।
यहाँनेर प्रश्न उठ्छ कि के वायुमण्डलमा जल्ने स्याटेलाइटहरुका कारणले पृथ्वीको जलवायुमा कुनै असर पर्दछ ?
विश्वभरका धेरै वैज्ञानिकहरु यो कुरालाई लिएर चिन्तित छन् कि जुन प्रकारले स्याटेलाइटहरु वायुमण्डल पार गरेर पृथ्वीतर्फ आइरहेका छन् वा ल्याइँदैछ त्यसले वायुमण्डललाई प्रदूषित बनाइरहेको छ। इसको असर पृथ्वीको जलवायुमा पनि परिरहेको छ । किनकि ती स्याटेलाइटमा ओजन तह विनाश गर्ने धातुहरु समेत हुन्छन् ।
धातुका सूक्ष्मकणले ओजन तहमा क्षति पुर्याउँदै
स्याटेलाइटमा रहेका धातुकाहरु वायुमण्डलको स्ट्राटोस्फेयर भन्ने तहमा सुक्ष्म कणहरुका रुपमा घुहिरहन्छन् । यसबाट ओजन तह पातलिन्छ । पृथ्वीको तल्लो कक्ष अर्थात् Lower Earth Orbit सबैभन्दा धेरै स्याटेलाइटहरुको घर हो । त्यहाँ एलन मस्कको कम्पनी स्पेस एक्सका मात्रै पाँच हजारभन्दा धेरै स्टारलिंक स्याटेलाइटहरु घुमिरहेका छन् । यसरी वर्तमान समयमा अन्तरिक्षमा रहेको फोहोर सफा गर्नु सबैभन्दा ठूलो चुनौती हो ।
स्याटेलाइटलाई चिहान कक्ष वा पृथ्वीमा झार्नुपर्छ
पाँच वर्षअघि अमेरिकाले नयाँ तथा कडा नियम बनाएको थियो ताकि अन्तरिक्षमा प्रक्षेपण गरिने जुनसुकै स्याटेलाइटरु २५ वर्षभित्रमा पृथ्वीमा फिर्ता ल्याउनुपर्छ वा कक्षबाट टाढा हटाउनुपर्छ। अर्थात् २५ वर्ष पूराना भएका स्याटेलाइटहरुलाई लोअर अर्थ अर्बिटबाट माथि अन्तरिक्षको ग्रेभयार्ड अर्बिट (चिहान कक्ष) मा सार्नुपर्नेछ वा पृथ्वीमा ल्याएर नष्ट पार्नुपर्छ।
ती स्याटेलाइट धेरथोर इन्धन हुन्छ । त्यसलाई पृथ्वीमा ल्याउने समयमा कि त नष्ट गरिन्छ, वा वायुमण्डलमा जलेर आफैं समाप्त हुन्छ । सो इन्धनका कारण वायुमण्डलमा रासायनिक प्रतिक्रिया हुन्छ। बमरुपमा ती स्याटेलाइटलाई प्रशान्त महासागरमा विद्यमान एक विन्दुमा खसालिन्छ।
जलेर नष्ट हुने स्याटेलाइटको डिजाइन बन्दै
यी सबै कार्यहरुका बाबजुत कहिलेकाही स्याटेलाइटहरु अनियन्त्रित तरिकाले तल आउँछन् । त्यस्ता स्याटेलाइटहरु कहाँ खस्छन् भन्ने कुरा थाहा पाउन मुस्किल हुन्छ । यद्यपि अधिकांश वायुमण्डलमा जलेर नष्ट हुन्छन् । तर कतिपय टुक्राहरु ज्मिनसम्मै आउँछन् ।
पछिल्लो दिनमा नासा तथा युरोपेली अन्तरिक्ष एजेन्सीले स्याटेलाइटको यस्तो डिजाइन बनाइरहेका छन् जसलाई डिजाइन फर डिमाइस भनिन्छ । अर्थात् मर्नको लागि बनाइएको डिजाइन । यस्तोमा स्याटेलाइटहरु वायुमण्डलमा आउने बित्तिकै सम्पूर्ण रुपमा जलेर खरानी बन्नेछन् ।
यसको उद्देश्यचाहिं स्याटेलाइटको खतरनाक हिस्सा जल्दै जल्दै पृथ्वीसम्म नपुगोस् र त्यसबाट धनजनको कुनै क्षति नपुगोस् भन्ने हो । तर जुन वायुमण्डलमा स्याटेलाइट आएर जल्दछ त्यसबाट सबैभन्दा ठूलो क्षतिचाहिं ओजन तहमा पर्दछ । यसले ओजन तहको क्षयीकरण गरिरहेको हुन्छ।